नयाँ प्रणाली जडान गर्ने कार्यका लागी ३ हप्तासम्म राहदानी वितरण गर्ने कार्य बन्द ।
२०८२ फागुन २९, शुक्रबार ।
नेपाल सरकारको राहदानी विभागले नयाँ प्रणाली जडानका क्रममा १ देखि ३ हप्तासम्म राहदानी वितरण बन्द गर्ने जनाएको छ। यो निर्णय पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने भएका कारण लाइएको हो। आगामी ६ महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरिएको छ ।



