सर्वोच्चले किशोरी साहलाई कालोसूचीबाट हटाउन राष्ट्रबैंकलाई दियो निर्देशन ।
२०८२ फागुन २८, बिहिबार ।
धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको छ । साह कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । कर्जा सूचना केन्द्रले साह कालोसूचीमा नरहेको लिखित जानकारी आज दिएपछि सारंगा सुबेदीको इजलासले अन्तरिम आदेश दिएको हो । साहले आफूलाई कालोसूचीबाट हटाउन अन्तरिम आदेशको माग गर्दै राष्ट्र बैंक विरुद्ध रिट दायर गरेका थिए । उनको माग बमोजिम आदेश आएको सर्वोच्चका सहायक प्रवक्ता उपरजिष्टार नीराजन पाण्डेले बताए ।
साहको उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा उनलाई सर्वाधिक भोट आएको थियो । तर, उनलाई आएको सबै भोट बदर मानेर निर्वाचन आयोगले दोस्रो सर्वाधिक मत ल्याउने नेकपाका मातृका यादवलाई विजयीको प्रमाणपत्र दिएको छ । सर्वोच्चको निर्णयपछि को विजयी भन्नेमा थप जटिलता उत्पन्न हुने देखिन्छ । तर मेरो आफ्नो स्पष्ट धाराणा के भने उहाँको नाम कालोसूचिबाट हटनुपर्ने भएपनि उम्मेदवारी दिने दिनसम्म कर्जा सूचना केन्द्रले साह कालोसूचिमै देखाएको हुनाले उहाँ अयोग्य हुनुपर्ने हो, के हुन्छ हेरौ ।
सर्वोच्चले किशोरी साहलाई कालोसूचीबाट हटाउन राष्ट्रबैंकलाई दियो निर्देशन ।
1 Min Read

