गोरखा २ मा रास्वपाका कविन्द्र निर्वाचित, चक्रे मिलन चौथो
२०८२ फागुन २५, सोमबार ।
कविन्द्र बुर्लाकोटी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । करिब तीन वर्ष सहमहामन्त्रीको पद सम्हालेका उनले महामन्त्री हुने अवसर गत असारबाट प्राप्त गरेका हुन् । तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले अनुशासनको कारबाही गरेपछि बुर्लाकोटीले उपल्लो तहको कार्यकारी भूमिकाको पद प्राप्त गरेका थिए । केही समय कार्यवाहक महामन्त्रीको भूमिकामा रहेका उनी गत असारबाट पूर्ण भूमिकामा छन् । उनी रास्वपाको संगठन विभाग प्रमुख समेत हुन् । ४६ वर्षीय कविन्द्रसँग व्यावसायिक रूपमा ट्राभलको क्षेत्रमा पनि काम गरेको अनुभव छ । उनी नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वविद्यार्थी हुन् । बुर्लाकोटीले प्रमुख दलका उम्मेदवारसहित १३ जनासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको थियो। तीमध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन् ।
उनै बुर्लाकोटी गोरखा २ मा रास्वपाबाट विजयी भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७०० प्राप्त गरेका छन । दुईजनाको मतान्तर १४ हजार ९६० छ । नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ भोटसहित चौथो स्थानमा सीमित रहे ।
गोरखा २ मा रास्वपाका कविन्द्र निर्वाचित, चक्रे मिलन चौथो
1 Min Read

