रास्वपाले बाँकी राखेन नेमकिपाको गढ पनि ।
२०८२ फागुन २३, शनिबार ।
भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाकाले निरन्तर जित्तै आएको गढमा पनि रास्वपाले जित निकाल्दै नयाँ इतिहास रचेको छ । उक्त क्षेत्र भक्तपुर–१ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए । त्यस्तै नेपाली काँग्रेसका किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।

