झापा -५ मा रास्वपा वरिष्ठ नेता बालेन साह र के.पी. ओली बिचको मतान्तर उच्च ।
२०८२ फागुन २३, शनिबार ।
झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र साह (बालेन)ले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहेका साहले उक्त मत प्राप्त गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् । उनी एमालेका अध्यक्ष समेत हुन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली काँग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका डा. अमरेशकुमार सिंहले९०३७ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका
उमेदवार गगन थापाले ५८२८ मत प्राप्त गरेका छन ।
झापा -५ मा रास्वपा वरिष्ठ नेता बालेन साह र के.पी. ओली बिचको मतान्तर उच्च ।
1 Min Read

