अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे पछि इरान सहित मध्यपूर्वमा अशान्ति ।
नेपाली नागरिकलाई सुरक्षित रहन दूतावासको आग्रह ।
२०८२ फागुन १६, शनिबार ।
अमेरिका र इजरायलले इरानको सत्ता नढालेसम्म आक्रमण कायमै राख्ने गरी कारबाही शुरु गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि “ठूलो र निरन्तर सैन्य आक्रमण” सुरु गरेको दाबी गरेका छन् । मध्यपूर्व (दुबई, कतार, इरान , ओमन, बहराईन, कुवेत)मा तनाव तीव्र बन्दै गएका बेला ट्रम्पको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति थप संवेदनशील बनेको छ । ट्रम्पले आक्रमणलाई ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ भन्दै इरान समर्थित सैन्य संरचना, हतियार भण्डारण केन्द्र तथा रणनीतिक आधारहरू निशाना बनाइएको उल्लेख गरेका छन् । सीएनएनका सुरक्षा विश्लेषकहरूका अनुसार यस्तो प्रकारको सैन्य गतिविधि पुष्टि भए मध्यपूर्वमा प्रत्यक्ष अमेरिका–इरान टकरावको जोखिम उल्लेखनीय रूपमा बढ्नेछ।
हाल गाजा युद्ध, रेड सी क्षेत्रमा हौथी आक्रमण र इरान समर्थित समूहहरूको गतिविधिका कारण मध्यपूर्व पहिले नै उच्च तनावमा छ। विश्लेषकहरूका अनुसार अमेरिका प्रत्यक्ष रूपमा इरानविरुद्ध सैन्य मोर्चामा उत्रिए स्थिति व्यापक क्षेत्रीय युद्धतर्फ जान सक्छ। रूस लगाएत अन्य देशहरुले अमेरिका र इजरायललाई इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेका छन साथै समस्यालाई वार्ताको माध्यमद्धारा हलगर्न सुझाएका छन ।
राष्ट्रपतिले तेहरानको क्षेप्यास्त्र कार्यक्रमलाई नष्ट गर्ने वाचा गरे र इरानीहरूलाई सरकार कब्जा गर्न आग्रह गरे। इजरायलका बेन्जामिन नेतान्याहूले भने कि आक्रमण ूआवश्यकता अनुसार लामो समयसम्म रहनेछ।
कतिबेला के भयो ?
बिहान ५ः५५ शनिबार इरानमा आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र अन्य वरिष्ठ इरानी अधिकारीहरू निशानामा
बिहान ६ः११ इरानले बदला लिँदै गर्दा बहराइनमा रहेको अमेरिकी नौसेना अड्डा आक्रमण
बिहान ६ः२० अमेरिकी(इजरायली आक्रमणको इरानले निर्णायक प्रतिक्रिया दिने वाचा गरेको छ
बिहान ६ः३९ इरानीहरूले आक्रमणको प्रतिक्रिया र त्यसपछि दुई पक्ष बिच निरन्तर आक्रमण भै रहेको छ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन ।
नेपाल सरकारले तत्काल इजरायल र इरानको यात्रा नगर्न अपील गरेको छ । परराष्ट्र मन्त्रालयले आज ट्राभल एडभाइजरी जारी गर्दै इजरायल वा इरान यात्रा गर्ने योजना बनाइरहेका नेपाली नागरिकहरूलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित अपिल गरेको छ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ । हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू बसोबास गरिरहेको स्थानमा नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।’ सम्बन्धित देशका आधिकारिक निकायबाट पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ ।
त्यस्तै काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।त्यस्तै अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकहरूले पनि सम्बन्धित देशका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा सुझावहरू पालना गर्दै पछिल्ला घटनाक्रमबारे नियमित जानकारी लिन मन्त्रालयले विशेष अपील गरेको छ ।


