Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    सर्लाहीको मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब-इन्जिनियर प्रमोद कुमार यादवको मुख्य योजनाकार लोकसेवाको बैकल्पिक सूचिमा रहेका व्याक्ति ।

    February 27, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सर्लाहीको मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब(इन्जिनियर प्रमोद कुमार यादवको मुख्य योजनाकार लोकसेवाको बैकल्पिक सूचिमा रहेका व्याक्ति ।
    २०८२ फागुन १५, शुक्रबार ।
    सर्लाही। मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खडकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै गणेशलाई फागुन १२ गते राति ९ बजे मलंगवा नपा-८ बाट, चन्द्र किशोर कुश्वाहालाई फागुन १३ गते राति ११ः३० बजे बलरा नपा-४ बाट तथा विजय कुमार महतोलाई फागुन १४ गते राति ९ बजे महोत्तरी रामगोपालपुर नपा-५ बाट पक्राउ गरिएको बताए ।
    पक्राउ पर्नेहरूमा जिल्ला महोत्तरी रामगोपालपुर नपा-५ घर भई हाल सर्लाही बरहथवा नपा-९ शान्ति टोलमा डेरा गरी बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो, जिल्ला सर्लाही बसबरीया गापा-२ मानपुर घर भई हाल बरहथवा नपा-९ शान्ति टोलमा बस्दै आएका २२ वर्षीय चन्द्र किशोर कुश्वाहा तथा जिल्ला महोत्तरी रामगोपालपुर नपा-५ बस्ने २२ वर्षीय विजय कुमार महतो रहेका छन् । पक्राउ परेका गणेश कुमार महतो र विजय कुमार महतो सहोदर दाजुभाइ हुन् भने चन्द्र किशोर कुश्वाहा गणेश कुमार महतोका सालो रहेका छन् ।
    सर्लाही प्रहरीका अनुसार, प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, जनकपुरधामले २०८१ फागुन ४ गते प्रकाशित गरेको नतिजाअनुसार सहायक पाँचौँ तह सब-इन्जिनियर पदमा मृतक प्रमोद कुमार यादव मुख्य उम्मेदवार तथा गणेश कुमार महतो एक मात्र वैकल्पिक उम्मेदवार सिफारिस भएका थिए ।
    प्रचलित कानुनी प्रावधानअनुसार नियुक्त भएको मुख्य उम्मेदवारले नियुक्ति भएको एक वर्षभित्र राजीनामा दिएको वा मृत्यु भएको अवस्थामा मात्र वैकल्पिक उम्मेदवार नियुक्त हुने व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार वैकल्पिक उम्मेदवार गणेश कुमार महतोले मृतक यादवको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
    मुख्य अभियुक्त गणेश कुमार महतो सर्लाहीको रामनगर गाउँपालिकामा प्राविधिक सहायक पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले विभिन्न विधि, प्रविधि तथा इन्टेलिजेन्स स्रोत प्रयोग गरी सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । मृतकका परिवार, आफन्त, छिमेकी तथा साथीहरूसँग सोधपुछ गर्नुका साथै प्राविधिक विश्लेषणसमेत गरिएको थियो ।

    २०८२ फागुन ३ गते साँझ करिब ८ बजे सिराहा सुखीपुर नपा-९ वैशाख घर भई हाल मलंगवा नपा-१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सब-इन्जिनियर प्रमोद कुमार यादवलाई निज अभियुक्तहरूले फोन गरी कोठाबाहिर बोलाएका थिए । त्यस लगत्तै उनको देब्रे छातीमा गोली प्रहार गरिएको थियो । गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो । यस घटनामा फायर भएको गोलीको खोका १ थान, पेस्तोल १ थान, बीआर ०१ एफ जेड १०८२ नम्बरको भारतीय मोटरसाइकल १ थान तथा मोबाइल फोन ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    यादवको हत्यामा प्रयोग गरिएको सोही पेस्तोल फागुन ७ गते मलंगवा नपा(४ ढाँकामा पड्किँदा स्थानीय रामविश्वास रायका १५ वर्षीय छोरा आकाश राय घाइते भएका थिए । उक्त पेस्तोल निर्माणाधीन हनुमान मन्दिरभित्र बेवारिसे अवस्थामा फेला परेको थियो । अभियुक्तहरूमाथि कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पोस्टमार्टम रिपोर्टअनुसार, मृतकको मृत्यु छातीमा लागेको गोलीका कारण भएको उल्लेख गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना