Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    महाशिवरात्रिमा नवग्रह मन्दिर स्याङ्जमा पूजा, भजन कन्सर्ट,अन्तरविद्यालय भजन प्रतियोगिता र दीप प्रज्वलन एकै साथ सम्पन्न ।

    February 18, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    महाशिवरात्रिमा नवग्रह मन्दिर स्याङ्जमा पूजा, भजन कन्सर्ट,अन्तरविद्यालय भजन प्रतियोगिता र दीप प्रज्वलन एकै साथ सम्पन्न ।

    २०८२ फाल्गुन ०६, बुधबार ।
    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्रिको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। दिनभर सञ्चालन गरिएको विशेष पूजाअर्चनासँगै भजन कन्सर्ट र दीप प्रज्वलनले मन्दिर परिसर भक्तजनले खचाखच भरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अनुसार दिउँसो विशेष पूजा सम्पन्न भएसँगै राष्ट्रिय कलाकार पशुपति शर्मा, घनश्याम रिजाल लगायतका कलाकारले भजन प्रस्तुत गरेका थिए। साँझ ‘शिव ताण्डव’ डिजे कार्यक्रमसमेत आयोजना गरिएको थियो। यस अवसरमा ९ लाख ९९ हजार ९ सय ९९ दीप प्रज्वलन गरिएको जनाइएको छ।

    त्यसैगरी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा गल्याङ–२ स्थित रामनदीधाम संस्कृत गुरुकुलम् प्रथम हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भयो। अर्जुनचौपारी–२ को अमरज्योति मावि द्वितीय भई १६ हजार रुपैयाँ प्राप्त गर्‍यो भने अर्जुनचौपारी–१ को अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तृतीय हुँदै १० हजार रुपैयाँ जित्न सफल भयो। प्रतियोगितामा जिल्लाका १३ विद्यालयको सहभागिता रहेको थियो।
    पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले यस्ता कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने बताए। उनका अनुसार भजन प्रतियोगिताले विद्यार्थीबीच चिनजान, अनुभव आदान–प्रदान र आध्यात्मिक चेतनाको विस्तारमा सकारात्मक प्रभाव पारेको छ।
    धार्मिक वन क्षेत्रभित्र करिब आठ हेक्टरमा फैलिएको नवग्रह मन्दिर नवभुज आकारमा निर्माण गरिएको २७ फिट अग्लो संरचना हो। यहाँ रहेको सौर्यमण्डलीय ब्रह्माण्ड मूर्ति वर्षमा एकपटक गणेश चतुर्थीका दिन सर्वसाधारणका लागि अवलोकन खुला गरिने व्यवस्था रहेको छ। गत वर्ष महाशिवरात्रिकै अवसरमा प्राण प्रतिष्ठापछि औपचारिक रूपमा स्थापना भएको मन्दिर छोटो समयमै जिल्लाको महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार एक वर्षको अवधिमा पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्। महाशिवरात्रिको दिन मात्रै हजारौं भक्तजनको उपस्थितिले नवग्रह परिसर आध्यात्मिक उत्साहले भरिएको थियो। स्थानीयवासीका अनुसार मन्दिर निर्माणसँगै अर्जुनचौपारी क्षेत्र धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना