टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।
२०८३ जेठ १९, मंगलबार ।
कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएको आधारमा ‘टिकटकर तुलसा कलेक्सन’ भनी चिनिने तुल्सी अधिकारीविरुद्ध प्रहरीले तयार पारेको ५०० पृष्ठ लामो अभियोगपत्रमाथि बकपत्र नसकिएर आज पनि थुनछेक बहस हुन सकेन । उनलाई पुनः ललितपुर जिल्ला प्रहरीको हिरासतमा फिर्ता लगिएको त्यहाँका कार्यालय प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए । उनको २१ करोड सम्पत्तिको स्रोत खुलेको छैन । प्रहरीका अनुसार स्रोत नखुलेको सोही सम्पत्तिका आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर भएको हो । जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा तुलसाले चिमोरियाबाट पैसा लिएको अस्वीकार गरेकी छन् । उनले विष्णु नामक व्यक्ति आफ्नो व्यापारिक साझेदार रहेको र उनीसँगको कारोबारमाथि चिमोरियाले दाबी गरेको भनेकी छन् । २०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् । के हो यस्तो सँग बसेर खानुपर्ला है ।
टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।
1 Min Read


