Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    सुरक्षाको चुनौती हेरेर उम्मेदवारले पीएसओ पाउने ।

    January 28, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सुरक्षाको चुनौती हेरेर उम्मेदवारले पीएसओ पाउने ।
    २०८२ माघ १४, बुधबार ।
    सरकारले विभिन्न निर्वाचनमा उम्मेदवारमाथि हुने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै निजी सुरक्षा अधिकृत (पीएसओ) दिँदै आएको छ । तर, यसपटकको निर्वाचनमा ‘अत्यावश्यक’ बाहेकका उम्मेदवारले यो सुविधा नपाउने भएका छन् । गृह प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार सबै उम्मेदवारले पीएसओ नपाउने स्थितिमा पनि प्रत्येक उम्मेदवारका गतिविधि र उनीहरू रहेको ठाउँको सुरक्षा निगरानीमा सुरक्षा निकाय रहने छन् । यद्यपि, जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणका आधारमा केही उम्मेदवारका निम्ति सुरक्षा ‘अत्यावश्यक’ हुने ठहर गरेमा दिइने उनले बताए ।
    यसबाहेक गृह मन्त्रालयले गरेको सुरक्षा विश्लेषणका आधारमा प्रहरीले निर्वाचनअगावै पीएसओ दिइएका विशिष्ट व्यक्ति पीएसओ निर्वाचनका समयमा पनि कायमै हुन्छन् । उनीहरू जहाँ जहाँ गए पनि ती पीएसओलाई साथमा लैजान पाउँछन् । यदि साथमा नलगेमा सम्बन्धित जिल्लाबाट पीएसओ लिन सक्छन् । त्यसका लागि जिल्ला सुरक्षा समितिले अलग्गै निर्णय गर्नुपर्दैन ।
    जिल्ला सुरक्षा समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुन्छन् । उक्त समितिमा नेपाली सेना, प्रहरी, अनुसन्धान विभाग र सशस्त्रका जिल्लास्थित प्रमुख सदस्य रहन्छन् । सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समितिका सदस्य सचिव हुने व्यवस्था छ ।
    पीएसओ पाइने मापदण्ड र दर्जा
    प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका प्रायःलाई पीएसओ दिइने भएको छ । त्यसअनुसार उम्मेदवारको विगतको राजकीय हैसियतका आधारमा वरिष्ठ सईदेखि हवल्दार दर्जासम्मका प्रहरी पीएसओका रूपमा खटिने भएका छन् । ‘प्रमुख राजनीतिक दल’ को परिभाषाभित्र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई बुझ्नुपर्ने गृह मन्त्रालय स्रोतले बतायो । त्यसबाहेक विभिन्न कारणले सुरक्षा समस्यामा रहेका उम्मेदवारले माग गरेमा उनीहरूको माग कति विश्वसनीय र जरुरी छ भन्ने अध्ययनपछि पीएसओ दिने नीति गृहले विभिन्न जिल्लाका हकमा तोकेको छ । कतिपय उम्मेदवारलाई सुरक्षाको कुनै समस्या नहुने, तर अरुलाई देखाउनकै लागि पीएसओ माग गर्ने प्रवृत्ति छ । त्यसरी सुरक्षा जनशक्तिलाई अनावश्यक रुपमा खटाउने कार्यलाई कडाइँका साथ नियन्त्रण गरिने मन्त्रालयस्रोतले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना