Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    चार्टर पनि फेक, पर्यटक पनि फेक चार्टर फ्लाइटलाई रेस्क्यु बनाएर बीमा ठगी ।

    January 26, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चार्टर पनि फेक, पर्यटक पनि फेक चार्टर फ्लाइटलाई रेस्क्यु बनाएर बीमा ठगी ।
    २०८२ माघ १२, सोमबार ।
    चार्टर फ्लाइटलाई रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा बीमाको रकम हत्याउन चार्टर फ्लाइटलाई रेस्क्यु देखाइएको प्रमाण फेला परेको छ । सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । सीआईबीका प्रमुख तथा निर्देशक (अतिरिक्त प्रहरी महानिरीक्षक, एआईजी) डा. मनोज केसीले चार्टर फ्लाइटलाई रेस्क्यु देखाएको भेटिएको बताए । ‘चार्टर फ्लाइटलाई समेत रेस्क्यु देखाएर बीमाको रकम लिएको देखिन्छ । यो रेस्क्यु नभएर फेक रेस्क्यु (नक्कली उद्धार) हो,’ एआईजी केसीले भने ।
    यसका साथै नियमित फ्लाइटलाई पनि रेस्क्यु गरेको देखाएर रकम दाबी गर्ने गरेकोसमेत देखिएको छ । त्यसका लागि रेस्क्युको समय तालिका र प्यासेन्जर समेत नक्कली तयार पारिएको भेटिएको एआईजी केसी बताउँछन् । कतिसम्म भने, एउटै चार्टर फ्लाइटमा आएका धेरै जना पर्यटकलाई समेत छुट्टाछुट्टै र फरकफरक समयमा रेस्क्यु गरेको भन्दै (सिंगल फ्लाइट, मल्टिपल बिलिङ) दाबी गर्ने गरेको समेत अनुसन्धानमा देखिएको एक अधिकारी बताउँछन् ।

    पदयात्रा सकिएपछि सोही रुट हुँदै फर्कने पर्यटकलाई सहजै कन्भिन्स गरी चार्टर फ्लाइटमा काठमाडौं पुर्‍याउने गरेको भेटिएको छ । पछिल्लो पटक १ पौष २०८१ मा समेत पर्यटकको नक्कली उद्धारको कारबाही गरिपाउँ भन्दै सीआईबीमा उजुरी आएको थियो । यो भन्दा अघि १२ असोज २०८२ मा पनि यस्तै उजुरी आएको थियो ।
    विदेशी पर्यटकहरूलाई लक्षित गरी केही ट्रेकिङ(ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार हुने गरेको सीआईबीको भनाइ छ ।
    ६ जना पक्राउ
    पछिल्लो साढे दुई महिनादेखि छुट्टै कार्यदल बनाएर सीआईबीले फेक रेस्क्युबारे अनुसन्धान गरेको थियो । बिदाको दिनसमेत अनुसन्धान गर्दै साढे दुई महिनापछि यसबारे सीआईबीले जानकारी गराएको हो । सीआईबीका अनुसार फेक रेस्क्यु गरेर बीमाको रकम हत्याउने कार्यमा संलग्न भएको आरोपमा अहिले ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवकेराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।
    ३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार
    पक्राउ परेका ६ जना तीन कम्पनीमा आबद्ध व्यक्तिहरू हुन् । यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ । माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि यता २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको थियो । ती उद्धारमध्ये १७१ पर्यटकको उद्धार नक्कली देखिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना