हिजो आइतबार राष्ट्रियसभाका निर्वाचित उम्मेदवार र निर्वाचन पछिको दलहरुको समिकरण ।
२०८२ माघ १२, सोमबार ।
निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि हिजो आइतबार निर्वाचन भएको थियो । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको तालमेल अनुमोदन भएको छ । १८ पदका लागि भएको निर्वाचनमा तालमेल अनुसार दलीय भागबण्डामा उम्मेदवारहरू नै विजयी भएका छन् ।
१.नेपाली कांग्रेसबाट ९
२. एमालेबाट र ८ जना निर्वाचित भएका
३. लोसपाबाट १ उम्मेदवार महन्थ ठाकुर विजयी भएका छन् ।
को को विजयी भए र
कोशी प्रदेश
१.रोशनी मेचे, नेकपा एमाले
२.सोमनाथ पोर्तेल, नेकपा एमाले
३.सुनिलबहादुर थापा (निर्विरोध), नेपाली कांग्रेस
मधेश प्रदेश
१.धमेन्द्र पासवान, नेपाली कांग्रेस
२.महन्थ ठाकुर, लोसपा
३.रञ्जित कर्ण, नेपाली कांग्रेस
४.रेखाकुमारी झा, नेकपा एमाले
बागमती प्रदेश
१.गीता देवकोटा, नेपाली कांग्रेस
२.प्रेमप्रसाद दंगाल, नेकपा एमाले
गण्डकी प्रदेश
१.जगत तिमिल्सिना, नेपाली कांग्रेस
२.सम्झना देवकोटा, नेकपा एमाले
लुम्बिनी प्रदेश
१.चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
२.बासुदेव जंगली, नेपाली कांग्रेस
३.रामकुमारी झाक्री, नेकपा एमाले
कर्णाली प्रदेश
१.ललितजंग शाही, नेपाली कांग्रेस
२.मीनासिंह रखाल, नेकपा एमाले
सुदूरपश्चिम प्रदेश
१.खम्मबहादुर खाती, नेपाली कांग्रेस
२.लीलाकुमारी भण्डारी, नेकपा एमाले
यो सँगै आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा दलीय समीकरण बदलिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अब कायम रहेका दलीय सदस्य
१.पहिलो नेपाली कांग्रेस २५ जना
२.दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी नेकपा माओवादी १७
३. तेस्रोमा नेकपा एमाले १० जना
४.जनता समाजवादी पार्टी नेपालका २ जना
५. लोसपा १
६. राष्ट्रिय जनमोर्चा १
७. सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने ३ जना


