Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सरिक।

    January 25, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ माघ ११ गते आइतबार।

    प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सरिक भई उहाँले राख्नु भएको भनाई। 
    प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा सरिक हुनुभएको छ।
    काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक पनि प्रदान गरिएको थियो।
    २०७३ सालमा स्थापित यस खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा हुनुहुन्थ्यो। नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको मन्तव्यको अंश यसप्रकार छ-सर्वप्रथम नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह, २०८२ मा कुलपतिका हैसियतमा उपस्थित हुन पाउँदा म खुसी व्यक्त गर्दछु ।
    यस समारोहमा विभिन्न सङ्कायअन्तर्गत विभिन्न विषयहरूमा दीक्षित हुनुभएका विद्यार्थीहरूमा बधाई ज्ञापन गर्दछु ।
    र, यस विश्वविद्यालयलाई पहिलो दीक्षान्तसम्म ल्याइपुर्‍याउने विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरू र प्रत्यक्ष-परोक्ष रूपमा सहयोग पुऱ्याउनुहुने महानुभावहरूलाई धन्यवाद प्रकट गर्दछु । २०७३ सालमा स्थापना भई २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत विभिन्न विषयमा स्नातक, पीजीडी, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिसम्मको अध्यापन गराउँदै विश्वविद्यालय अगाडि बढिरहेको छ । नेपालभित्र मात्र नभई अन्य देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरूलाई खुला तथा दूर सिकाइमार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्‍याउन यस विश्ववविद्यालयले प्रयास गरिरहेको छ ।
    छोटो समयमा नै यस विश्वविद्यालयले प्राज्ञिक जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । साथै आगामी दिनमा विश्वविद्यालयले अझै प्रतिस्पर्धी, समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलताउन्मुख, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा भूमिका खेल्नेछ भन्ने विश्वास छ । भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दूर-दराजका र अन्य काम-व्यवसायमा व्यस्त विद्यार्थीहरूलाई आफ्ना रुचि र समयअनुकूलका कार्यक्रमहरूमा उच्च शिक्षा लिन अझ सशक्त भूमिका खेलोस् भन्ने अपेक्षा राख्दछु ।
    आजका युवाहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राखेर शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै प्रतिभा पलायनलाई रोक्ने तथा उनीहरूको ज्ञान र सीपलाई राष्ट्रनिर्माणमा प्रयोग गर्ने चुनौती हाम्रा सामु रहेको छ ।
    त्यस्ता चुनौतीहरूको सामना गर्न उच्च शिक्षा प्रदायक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस सन्दर्भमा नेपाल खुला विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने कामना गर्दछु ।
    विश्वविद्यालय आन्तरिक रूपमा सबल रहँदै धेरैभन्दा धेरै विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा समाहित गर्न सक्नुपर्ने चुनौतीलाई सामना गर्न सक्षम हुनुपर्दछ । ज्ञानको समयसापेक्ष निर्माण र वितरणका पक्षलाई सँगसँगै महत्त्वका साथ अगाडि लैजान सक्नुपर्छ ।
    विश्वविद्यालयहरू विज्ञान तथा प्रविधिको द्रुततर रूपमा भएको विकासलाई समायोजन गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
    हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुन जरूरी छ । यस खुला विश्वविद्यालयले यो समयको गति र प्रवाहलाई आत्मसात् गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चाल गर्न सकोस् ।
    अन्त्यमा, आजको कार्यक्रममा दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूमा पुनः बधाई भन्दै तपाईंहरूले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तित्व तथा राष्ट्रनिर्माणमा भरपूर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
    जाँदाजाँदै यहाँहरुलाई मेरो विशेष अनुरोध छ-
    • यो देश हाम्रो हो, हामीले नै बनाउने हो भावका साथ सबै अघि बढौँ ।
    • हामीले नै यसलाई बस्नलायक बनाउने हो । हामीले नबनाए कोही आएर बनाइदिँदैन ।
    • यहाँका तमाम बेथितिबाट भाग्ने होइन, हामी आफै डटेर सामना गर्नुपर्छ । आफू बसेको ठाउँ आफैँले सफा गर्नुपर्छ ।
    तसर्थ,
    • यहाँहरु सकेसम्म नेपालमै केही गर्नुहोस् । नेपालमै अवसरहरुको पहिचान गर्नुहोस् ।
    • यदि अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सिर्जना गर्नुहोस् ।
    • र, जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्नुहोस् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना