रास्वपा मन्त्री बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा, अब पालो सञ्चार मन्त्री जगदिश खरेलको ।
२०८२ माघ ०५, सोमबार ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् । ‘राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला भन्ने उहाँको भनाई छ । तर राजीनामाका कारण त्यो मात्र नभएर आउदै गरेको फागुन २१ गतेको चुनाव पनि रहेको छ । उहाँ रास्वपाबाट चुनाव लड्ने निश्चित प्राय छ । अमेरिका भ्रमणको मात्रै कुरा हुन्थ्यो भने अस्तिनै राजिनामा दिन्थे चुनावमा नउठने भने अहिले किन राजिनामा दिनुपथ्र्योर?विगत १२, १५ दिनदेखि नै रास्वपाको कार्यक्रमहरुमा उहाँ खुलेर लाग्नु भएको छ र हिजै बालेनसँग जनकपुरमा भेटभएको थियो । अब भोली सम्ममा सरकारका प्रवक्ताले भोलीसम्म राजिनामा दिएमा अनौठो नमानेहुन्छ किनकि उहाँका भाषणबाट चुनाव लड्ने अभिव्यक्तिहरु आइरहेका छन ।
रास्वपा मन्त्री बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा, अब पालो सञ्चार मन्त्री जगदिश खरेलको ।
1 Min Read


