काठमाडौंका मेयर बालेनले दिए राजीनामा, उपमेयर सुनिता डंगोल कार्यवाहक नगर प्रमुख ।
२०८२ माघ ४, आइतबार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर बालेन शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनी राजिनामा बुझाएर रास्वपा केन्द्रीय कार्यालयमा पुगेका थिए। रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिडले बालेन शाहलाई स्वागत गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा भए बमोजिम उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।
काठमाडौंका मेयर बालेनले दिए राजीनामा, उपमेयर सुनिता डंगोल कार्यवाहक नगर प्रमुख ।
1 Min Read


