आज माघ ०१ गतेबाट त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द ।
२०८२ माघ ०१, बिहिबार ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले २०७७ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रम बिमा बोर्डले बिमा वापतको रकम लामो समयसम्म भुक्तानी नगरेपछि अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार सेवा बन्द भएको छ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम मार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले स्वास्थ्य बीमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।
बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको जानकारी दिएको छ ।
आज माघ ०१ गतेबाट त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द ।
1 Min Read


