दुई अवस्थामा बाहेक निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीको नाम परिवर्तन गर्न नमिल्ने –निर्वाचन आयोग
२०८२ पौष १८, शुक्रबार ।
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरी निर्वाचन तयारीबारे जानकारी गराएको हो । फागुन २१ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम यी दुई वटा अवस्थामा बाहेक नाम परिवर्तन गर्न नपाइने जनाएको छ ।
‘१.समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । २. कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’ पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । बन्दसूचीको प्रारम्भिक नामावली माघ ४ गते सार्वजनिक गर्नेछौ भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिने जानकारी आयोगका प्रवक्तले दिनुभयो ।

