Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    हेर्नुहोस सन २०२५ मा कति जना नेपाल आए, कति जना नेपालबाट बाहिरीए । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) शुभारम्भ गर्ने

    January 1, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सन २०२५ मा कति जना नेपाल आए, कति जना नेपालबाट बाहिरीए । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System) शुभारम्भ गर्ने
    २०८२ पौष १७, बिहिबार ।
    भिसा वर्ष २०२५ (जनवरी १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म) मा १५ लाख २३ हजार नेपाली नागरिकहरु विदेश प्रस्थान गरेका छन् भने जम्मा १३ लाख १३ हजार १ सय ९१ नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल फर्किएका छन्। यसै गरी सोही अवधीमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ। विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन्। नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसा लगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ। कति नेपाली कुन देश प्रस्थान गरे र कुन कुन देशका कति नागरिकले नेपाल भ्रमण गरे भन्ने विषयको विवरण विस्तृत रुपमा पछि प्रकाशन गरिने जानकारी अध्यागमन विभागले जनाएको छ।
    साथै आज अध्यागमन विभागले गृहमन्त्री ओमप्रकास अर्यालको आतिथ्यमा नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System) शुभारम्भ गर्ने कार्यक्रम आज बिहान ११ बजे नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा रहेको छ । आज वि.सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा आवद्ध हुनुपर्ने छ ।
    यस प्रणालीलाई पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा वि. सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना रहेको छ।
    यस सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारीताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ। यो प्रणाली कार्यान्वयनको लागि छोटो अवधी मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको संख्या न्यून रहेको देखिएकोले यथाशीघ्र आबद्धताको लागि अनुरोध गरिएको छ। पहिलो चरणमा उपत्यकाका तारे होटेलहरुमा अनिवार्य लागू गर्ने भए तापनि विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरु अग्रीम रुपमा यस प्रणालीमा आबद्ध हुन सकिनेछ। उक्त प्रणालीमा दर्ता हुने प्रक्रिया र Manual यस विभागको वेभसाईट https://www.immigration.gov.np मा हेर्न सकिनेछ। यस सम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागका कम्प्युटर ईञ्जिनियर श्री सन्तोष कुमार शाह (मोबाईल नं ‌९७७ ९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिनेछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना