Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न ।

    December 5, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न ।
    २०८२ मंसिर १९ शुक्रबार ।
    बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो।
    चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा हुनुहुन्थ्यो। गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पार्नुभएको थियो।
    कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभयो।

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा व्यक्त गर्नुभएको समापन मन्तव्यः
    आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ।
    समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्। यहाँहरूले उठाउनुभएका कुरालाई हामी अन्यथा मान्दैनौँ। लागेको कुरा भन्नुपर्छ। अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भन्ने बताइदिने यहाँहरूको धर्म हो। हामीले एउटा दृष्टिकोणबाट हेरेका हुन सक्छौँ, तपाईँहरुले आफ्नो दृष्टिकोणबाट थप भनिदिनुहुन्छ। यस सुधार गर्दै अगाडि बढ्ने मौका मिल्छ। भदौ २३ र २४ को घटना कसले कल्पना गरेको थियो ररु देशको जीवनमा एउटा मोड आयो। संसारका सबै मुलुकको जीवनमा यस्ता अप्रत्यासित मोड र उतारचढाव आउँछन्। यस्तो समयमा हामीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउनुपर्छ। हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला। तर, यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो। भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो।
    अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ। हाम्रा विरुद्धमा अन्तरिम आदेश भएको भए हात बाँध्नुपर्थ्यो। तर, त्यो भएको छैन। हामी अगाडि बढ्नु नै पर्ने हुन्छ। युवा विद्रोहपछि के गर्ने त, अबको बाटो के त भन्ने सन्दर्भमा यो सरकार आएको हो। यो अन्तरिम कालको व्यवस्थापनका लागि आएको हो। यसले आफ्नो कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरै सक्रियताका साथ पूरा गर्दै छ। थकाइ पनि भनी काम गर्दै छौँ।
    जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गरेका छौँ। आशंकाहरू निवारण गरेका छौँ। मन माझामाझ गरेका छौँ। मुलुकप्रति हामी सबैको दायित्व छ। मुलुकले एउटा बाटो पाओस्। जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्। निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ। सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ। सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ। प्रहरीले निरन्तर कानुनी राज स्थापनाका लागि काम गरिरहेको छ। २३ गते निहत्था युवा मारिए। भोलिपल्ट आगजनी भयो। यो कसले किन गरेको, अध्ययनले बताउने नै छ। तर, यो आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ। यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ। काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो। ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ। ललितपुरका जनताले धेरै ठाउँमा विध्वंशको प्रतिकार गरेको देखियो। यसरी खराब तत्वलाई रोक्ने सामर्थ्य पनि समाजमा हुनुपर्छ। हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो। यसमा हामीले क्षमा याचना पनि गरौँ।
    चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन। १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्वले आक्रमण गर्न सक्दैन। सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्।
    अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन।
    हामीले जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरुले बुझ्नुपर्छ। दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला। तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ। म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन। जुन दल आए पनि हामी स्वागत गर्छौँ। खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ।
    हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन।
    तपाईँहरु चुनावका लागि एक ठाउँमा उभिदिनुहोस्।
    अहिले नयाँ आएकाहरूप्रति तपाईँहरुले शंका गर्नुभएको होला। तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन्। अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौँ। कुनै दललाई अहित हुने कार्य गरेर कारबाही गर्ने आचार संहिता हुन्छ। त्यसैले हामीलाई अब शंका नगर्नुहोस्। भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो। अब निर्वाचन गराएर बलियो सरकार बनाएर युवा शक्तिले खोजेको व्यवस्था ल्याउनुपर्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना