आज २०८२ मंसिर १५, सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निणर्यहरु गरेको छ ः
१. जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने सरकारको निर्णय
२. जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी,अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
३.आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
४.श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय,
५.विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय,
६.प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने,
७.कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र
८.बैंकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
आज २०८२ मंसिर १५, सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निणर्यहरु गरेको छ ः
1 Min Read

