कृष्ण बहादुर महरालाई धरौटीमा छोड्न उच्चअदालत पाटनले दिएका आधारहरु ।
२०८२ मंसिर ११, बिहिबार ।
न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले कृष्ण बहादुर महारासँग २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।। काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
निम्न आधारमा अदालतले महरालाई छाडन दियो आदेश ।
महराउपर जाहेरीमा नाम उल्लेख भएको नदेखिएको, प्रतिवादी बनाइएका सहअभियुक्तहरुले महरालाई पोल नगरेको, चोरी पैठारी भएको भनिएको सुन जफत भएर दसीका रूपमा पेस नभएको, पूरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन नभएको र महराको उमेर तथा स्वास्थ्य अवस्थासमेतलाई विचार गर्नुपर्ने आदेशमा उल्लेख छ।
कृष्ण बहादुर महरालाई धरौटीमा छोड्न उच्चअदालत पाटनले दिएका आधारहरु ।
1 Min Read

