Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    २०८२ मंसिर १०, बुधबारका मुख्य मुख्य समाचारहरु ।

    November 26, 20255 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     

    २०८२ मंसिर १०, बुधबार ।

    १. लैङ्गीक हिंसाविरुद्धको अभियान, कानुन कार्यान्वयन जरुरी छ ः प्रधानमन्त्री सुशीला कार्की
    प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक हिंसा अन्त्यका लागि समाजलाई जगाउनुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको मङ्गलबार शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामीकहाँ लैङ्गिक हिंसाविरुद्धका कानुन छन् तर कार्यान्वयन हुँदैन । हिंसा हुन्छ तर निवारण हँुदैन । हिंसाको अन्त्य गर्न समाजलाई जगाउनु पर्छ ।”
    २०४६ सालपछि कानुनमा ठुलो परिवर्तन आएको र लैङ्गिक समानताका लागि कानुनहरू संशोधन भएको चर्चा गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “महिला समानताका कुरामा कानुन कार्यान्वयन कमजोर छ । एउटा महिला प्रधानमन्त्री र राष्ट्रपतिको कुर्सीमा बस्दैमा पूर्ण समानता भयो भनेर मान्न सकिँदैन । समानता त्यतिबेला आउँछ, जब महिलालाई जनताले भोट दिएर प्रधानमन्त्री बनाउँछन् ।” महिला राजनीतिमा आएर निर्णायक पदमा पुग्नु आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “डिजिटल प्रविधिमा सुविधा छ तर यसबाट पुरुषमाथि पनि हिंसा भएको छ र महिलामाथि बढी हिंसा भएको छ । यस्ता घटनामा कारबाही भएमा न्याय पनि हुन्छ र समानता पनि हुन्छ ।” कुनै धर्मले महिलालाई पीडा देऊ, विभेद गर नभनेको पनि प्रधानमन्त्रीले चर्चा गर्नुभयो तर न्यायका लागि उजुरी
    गर्दा पनि विभेद, अन्याय भोग्नु परेको, उजुरी दर्तामा समेत भनसुन हुन थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    २. हिजो सम्ममा निर्वाचन आयोगमा एमालेसहित १५ दल दर्ता, दलको संख्या ८० पुग्यो ।
    प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा हिजो मात्रै १५ दल दर्ता भएका थिए ।

    ३. उच्चस्तरीय जाँचबुझ आयोगको पत्रपछि जंगी अड्डाले पठायो जवाफ, तर आयोगले भने अनुसारको दिएन जानकारी ।

    सैनिक मुख्यालय जंगी अड्डाले उच्चस्तरीय जाँचबुझ आयोगलाई जेनजी आन्दोलनका घटना विवरणहरू पठाएको छ । २३ र २४ भदौको घटना छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सैनिक मुख्यालयलाई पत्र काट्दै विवरणहरू माग गरेपछि सैनिक मुख्यालयले केही विवरणहरू पठाएको हो ।
    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले त्यसबेलाका घटना विवरणहरू आयोगलाई पठाइएको बताए । ‘हामीले घटना विवरणहरू आयोगमा पठाइसकेका छौं,’ प्रवक्ता बस्नेतले भने । कस्तो विवरण पठाइएको हो भन्नेबारे सैनिक मुख्यालयले केही बोलेको छैन । स्रोतका अनुसार जंगी अड्डाले २३ र २४ भदौमा के कस्ता घटनाहरू भए, कसरी भए भन्ने किसिमको विवरणसहितको जवाफ आयोगलाई पठाएको छ
    ४.आईसीसी टी(२० विश्वकपमा इंग्ल्यान्ड र नेपाल एउटै समूहमा ।
    भारतको मुम्बईमा हिजो मंगलबार एक कार्यक्रमका बीच आईसीसी टी(२० विश्वकप क्रिकेटको समूह विभाजन र खेलतालिका सार्वजनिक भएको छ।आगामी विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूह ‘सी’ मा परेको छ । उक्त समुहमा नेपाल सहित इंग्ल्यान्ड र वेस्ट इन्डिज, बंगलादेश र इटाली छन । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ । यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।
    ५ महान्याधिवक्ता डिम्ब तस्करी प्रकरणमा संलग्नता रहेको बारे स्पष्ट पार्न जेनजी समूहको माग

    जेनजी आन्दोलनका केही अगुवाले सरकारका महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी प्रकरणमा जोडिएको विषयमा स्पष्ट पार्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् मंगलबार बेलुकी ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस विषयमा स्पष्ट पार्न महान्यायाधिवक्ताको ध्यानाकर्षण गराएका छन् । सञ्चारमाध्यममा आएका समाचार साँचो हो भने महान्यायाधिवक्ता भण्डारीले तत्काल राजीनामा दिनु पर्ने उनीहरूको माग छ । ‘माननीय महान्यायाधिवक्ता डिम्ब तस्करीसम्बन्धी कसुरमा आफ्नै लगानीको कम्पनीलाई उन्मुक्ति दिलाएको भन्ने सञ्चारमाध्यमहरूबाट प्राप्त समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कर्णाली प्रदेश जेनजी संयोजक सुप्रियाराज्यलक्ष्मी शाही, जेनजी अगुवा सोम शर्मालगायतद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘उक्त समाचार साँचो हो भने माननीय महान्यायाधिवक्ताले यथाशीघ्र राजीनामाको माग गर्दछौं ।’ भन्ने रहेको छ । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब बेचबिखन गर्ने प्रकरणमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित सात जनाविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको थियो ।

    डिम्ब तस्करी आरोपित कम्पनीमा महान्यायाधिवक्ता नै लगानीकर्ता
    केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धानमा संगठित गिरोहले नाबालिग किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब संकलन गरी दम्पतीलाई लाखौँमा बिक्री गरेको खुलासा भएको थियो । सीआईबीले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा. स्वस्ति शर्मासहित सात जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो । तर, जेनजी आन्दोलनको बलमा महान्यायाधिवक्ता बनेकी महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नै लगानी रहेको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरलाई डिम्ब तस्करीको मुद्दामा क्लिन चिट दिइन् ।

    महान्यायाधिवक्ताको स्वार्थ : आफू र छोरी जोडिएको संस्थालाई डिम्ब तस्करी मुद्दामा ‘क्लिन चिट’
    महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा डा। स्वस्ति शर्मासमेत उपर बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गत कसुरमा मुद्दा नचलाउने निर्णय गरेको खुलासा भएपछि चौतर्फी विरोध भइरहेको छ । यसैक्रममा जेनजी अगुवाहरूले प्रधानमन्त्रीलाई नै भेटेर आफ्नो सरोकार राख्ने प्रयास सोमबारदेखि गरेका थिए । तर, प्रधानमन्त्रीलाई सोमबार भेट्न सकेनन् । मंगलबार दिनभर प्रयास गर्दा पनि भेट हुन नसकेपछि शाही सिंहदरबारभित्र धर्ना बसेकी थिइन् । त्यसपछि मात्रै प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले जेनजी टोलीलाई भेटेका हुन् ।

    प्रधानमन्त्रीमाथि प्रश्न :महान्यायाधिवक्ता भण्डारी राख्ने कि हटाउने ?
    ६. हिजो भएको एनपिएल सिजन २ खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको  छ ।

    ७. आज जनकपुरमा रामकलेवासँगै विवाह पञ्चमी समापन हुने ।
    त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ । विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना