२०८२ कार्तिक ३०, आइतबारका मुख्य मुख्य खबरहरु ।
१. विदेशमा भएका मतदातालाई समेटनकालागी दुताबासलाई नै केन्द्र तोक्ने अध्यादेशको तयारी ।
मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी
भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिक तर्फको मत दिन पाउने छन् । पछिल्लो पटक विदेशमा रहेकासँगै नेपालमै तर फरक निर्वाचन क्षेत्रमा रहेकालाई पनि मतदान गर्न दिने गरी गृहकार्य भइरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेकासँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मसौदा भएको बताउनुभयो ।
२. डिजेल र पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले डिजेल÷मटितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल र मटितेलको साबिकको बिव्रmी मूल्यमा प्रतिलिटर तीन रुपियाँ र पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल÷मटितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपियाँँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपियाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपियाँ तोकेको छ ।
३.सबै जिल्लामा एमालेको जनसभा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७७ जिल्लामा जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ । एमाले केन्द्रको निर्णय अनुसार सबै जिल्लाका प्रमुख सहरमा जनसभाको आयोजना गरेको हो । सबै जिल्लाका सदरमुकाम वा ठुला सहरमा भएका जनसभालाई एमालेका केन्द्रीय नेताले सम्बोधन गरेको एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसका लागि
सबै केन्द्रीय सदस्यलाई जिल्लामा खटाइएको थियो । जनसभाका लागि एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र सचिव पद्मा अर्यालले विभिन्न जनसभालाई सम्बोधन गर्नुभएको थियो ।
४. आफ्नै घरमा बसेर आवास सुविधा लिएपछि विवाद
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी आफ्नै घरमा बसेर सरकारले तोकिदिएको आवास सुविधाबापत मासिक रकम बुझ्दै आएको तथ्य सार्वजनिक भएपछि विवादमा पर्नुभएको छ । सुनसरीको इटहरीस्थित निजी घरबाटै मन्त्रालय आवतजावत गर्दै आउनुभएका मन्त्री भण्डारीले विसं २०८१ मङ्सिर १७ गते मन्त्री बनेयता १० महिनाको अवधिमा आवास सुविधाबापत दुई लाख ९० हजार रुपियाँ बुझिसक्नुभएको छ । मन्त्रालयले उपलब्ध गराएको सूचना अनुसार भण्डारीले मासिक २९ हजार रुपियाँका दरले रकम बुझ्दै आउनुभएको हो । प्रदेशमा मन्त्रीले सरकारी आवास नपाएमा मासिक २९ हजार रुपियाँसम्म आवास सुविधा पाउने कानुनी व्यवस्था छ तर ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन’ मा आफ्नै निजी घर भए÷नभएको स्पष्ट उल्लेख नभएकाले भण्डारीले यही प्रावधान प्रयोग गरी घरमै बस्दै सुविधा बुझ्नुभएको हो । प्रदेश सभा सदस्यहरूको सेवा सुविधासम्बन्धी ऐनमा राजधानी वा नजिकै घर भएकालाई घरभाडा दिने व्यवस्था छैन ।
५. नेपालको पहिलो बैक नेपाल बैक आज देखि ८९ औं वर्षमा प्रवेश
नेपालको जेठो वाणिज्य बैङ्क नेपाल बैङ्क आइतबारदेखि औपचारिक रूपमा ८९ औँ वर्षमा प्रवेश गरेको हो । विसं १९९४ कात्तिक ३० गते स्थापना भएको यो बैङ्कबाट नै नेपालमा संस्थागत
बैङ्किङ प्रणालीको सुरुवात भएको हो ।
६.मधेशमा मुख्यमन्त्री नियुक्ति प्रकरणः आज सर्वोच्चमा दुवै पक्षबीच छलफलपछि निणर्य
हुन सक्ने ।
सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज आइतबार दुवै पक्षलाई बोलाएको छ । बुधबार नपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवसहित सातदलले दायर गरेको अन्तरिम आदेश मागबारे छलफलका लागि आज बोलाउने निर्णय भएको हो । बुधबार
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले दुवै पक्षबीच छलफलका लागि कात्तिक ३० आइतबार बोलाउने निर्णय भएको हो । मुख्यमन्त्री नियुक्तिसम्बन्धी कात्तिक २३ गतेको निर्णय तथा मन्त्रिपरिषद् गठनका सम्पूर्ण कागजात पछि फिर्ता लैजाने गरी कात्तिक ३० गते छलफलमा ल्याउन पनि आदेश भएको छ ।
७. संसद् पुनर्स्थापनाको पक्षमा एमालेले हिजो देशभर कार्यक्रम ।
संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको छ। संसद् विघटन र सरकार गठनलाई ‘प्रतिगामी षडयन्त्र’ भन्दै एमालेले जनपरिचालनसहित जिल्लाका सदरमुकाम र ठूला शहरमा जनसभा गरेको हो। सभाका लागि नेपालगन्ज पुगेका महासचिव शंकर पोखरेलले एमाले सङ्कटबाट नभागी त्यसको सामना गर्ने बताए। एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताए।
८. एनपिएलको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा गरी सबै लाइटहरु बालियो ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ। यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि

कब्जा जमाएको थियो। त्यसैगरी प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।

