गृह मन्त्रालयमा गृह सचिबबाट नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिन्ह ।
२०८२ कार्तिक २७, बिहिबार ।
३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरातबाट अनिवार्य अवकाश भएका छन् । त्यसपछि रिक्त रहेको नेपाल प्रहरीको महानिरीक्षकमा सोमबार मन्त्रिपरिषदले दानबहादुर कार्कीलाई ३३ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णण गरे बमोजिम आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई आईजीपीको फुली लगाइदिए । त्यहाँको कार्यक्रम सकेपछि उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्नेछन् ।



