२०८२ असोज १८, शनिबार ।
खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान आज २ घन्टाका लागि बन्द गरिएको छ। शनिबार साँझदेखि हालसम्म लगातार वर्षा भइरहेको छ। योसँगै मौसम प्रतिकूल बन्द र खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थलबाट आन्तरिक उडान २ घन्टाका लागि बन्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। उडान बन्द हुँदा यायुवर्गमा पर्न जाने असुविधानका लागि कार्यालय क्षमायाचना गरेको छ। अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारको वर्षातका कारण कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा बाढी पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन चेतावनी दिएको छ। कोशीको सुनसरी, उदयपुर, मधेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिमको सम्भावना रहने महाशाखाको पूर्वानुमान छ।


