Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    आ.व. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउपालिका उत्कृष्ट, यहि भदौ ६ गते मन्त्रीले सम्मान गर्ने ।

    August 20, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ भाद्र ४, बुधबार ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते ६ वटा स्थानीय तह(तीन नगरपालिका र तीन गाँउपालिका) लाई सम्मान गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । ‘गाउँपालिका र नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको आव २०८०/८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।
    सम्मानीत हुने पालिकाहरु
    १) खैरहनी नगरपालिका चितवन,
    २) तिलोत्तमा नगरपालिका रुपन्देही,
    ३) नीलकण्ठ नगरपालिका धादिङ,
    ४) अर्जुनचौपारी गाउँपालिका स्याङजा,
    ५) बेनीघाट रोराङ गाउँपालिका धादिङ र
    ६. रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो ।
    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा आ.व. २०८०/८१ का लागि प्रथम भएको छ ।  सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको मूल्याङ्कनमा अर्जुनचौपारीले उच्चतम अंक ल्याउँदै देशकै उत्कृष्ट पालिकाको स्थान हासिल गरेको हो ।
    कमजोर अवस्थाबाट मोडेल पालिकासम्मको यात्रा केही वर्षअघिसम्म पूर्वाधार र सेवाप्रवाहमा कमजोर ठानिएको अर्जुनचौपारी गाउँपालिका अहिले देशैभर उत्कृष्ट प्रदर्शन गर्ने पालिकामा रुपान्तरण भएको छ । यस परिवर्तनको श्रेय गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वलाई दिइन्छ । पदभार सम्हाल्दै उनले पारदर्शी प्रशासन, युवा सहभागिता, डिजिटल प्रविधिको प्रयोग, नवप्रवर्तन र समावेशी योजनालाई प्राथमिकतामा राखे । यसले पालिकाको समग्र व्यवस्थापन क्षमतामा गुणात्मक सुधार ल्याएको छ ।
    अनलाइनखबरले सार्वजनिक गरेको ‘४० प्रभावशाली युवा’ को सूचीमा अध्यक्ष तिवारीको नाम समावेश हुनुले पनि उनको नेतृत्व, क्षमता र राष्ट्रिय प्रभावलाई थप पुष्टि गरेको छ । यो उपलब्धि गाउँपालिकाका स्थानीय बासिन्दाका लागि मात्र नभई गण्डकी प्रदेश र देशभरकै लागि गौरवको विषय बनेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना