Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात ।

    August 11, 20256 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ साउन २६, सोमबार ।
    धनगढी, कैलाली कारागारमा शुक्रबार मध्य राति झडप भयो । ब्लक ‘ए’ र ‘बी’का कैदीबन्दीबीच भएको झडपमा एकको मृत्यु र ४९ जना गम्भीर घाइते भएका छन् । झडपमा लागुपदार्थसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले जेलमा समेत सुरक्षा नभएको भन्दै न्यायिक छानबिन नहुँदासम्म शव नबुझ्ने बताएका छन् । घाइतेमध्ये गम्भीर २ जना कैलाली गोदावरी–२ का आयुष भट्ट र कैलालीकै मोहन्याल गाउँपालिका–३ का कर्ण सलामीमगरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । आयुष भट्ट लागुपदार्थसम्बन्धी मुद्दा र सलामीमगर बलात्कार मुद्दाका कैदी हुन् । भट्टलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत शनिबार बेलुकी नै काठमाडौं लगिएको छ भने अर्का कैदी कर्ण सलामीमगरलाई आइतबार अपराह्न जहाजबाट काठमाडौं रेफर गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले दुवै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको बताए ।
    स्रोतमाथिको कब्जाका लागि झडप
    कैलाली कारागारको क्षमता १ सय ५० जना कैदीका लागि हो । तर, यहाँ ७ सय कैदी राखिएका छन् । बढी कैदी हुनु भनेको कारागारको आन्तरिक प्रशासनको स्रोत पनि बढी हुनु हो । कारागारभित्र दुईवटा प्रशासन हुने गर्छन्, एउटा प्रशासन सरकारी अर्को अथवा कारागार प्रशासन । त्यसले हरेक कैदीलाई दैनिक ८० रुपैयाँका दरले नगदै दिन्छ भने सिधाका रूपमा ७ सय ग्राम चामल दिन्छ । सरकारले दिने भनेको स्रोत यति मात्र हो ।

    तर, कारागारमा रहेका कैदीबन्दीका लागि बनाइने तरकारी, नास्ताको सामान, ग्यास, साबुन, सोडासहितका दैनिक उपभोग्य सामानको बिक्री आन्तरिक प्रशासनअन्तर्गत पर्छ । कारागारभित्र पसल राख्न सक्ने, पसल चलाउन सक्ने, चिया, नास्ताको सामान राख्न पाइने कानुनमै प्रावधान छ । स्रोत भन्छ, ‘कैलाली कारागारभित्र व्यापार (पसल) गर्नेले मासिक पाँच लाखभन्दा बढी कमाउँछन् । हो, त्यही स्रोतमा कब्जाका लागि झडप भएको हो ।’

    कारागार ऐनमा हरेक २५ जना कैदीबराबर एकजना नाइके नियुक्त गर्न पाइने प्रावधान छ भने हरेक १० जनाबराबर सहनाइके राख्न सक्ने प्रावधान छ । अझ त्यसभन्दा पनि माथि एक ब्लकमा एकजना चौकीदार पनि नियुक्त गर्न पाइने प्रावधान छ । कैलाली कारागारमा लामो समयदेखि परशुराम राना चौकीदारका रूपमा छन् भने २२ जना नाइके र ५७ जना सहकनाइके छन् । राम्रो चरित्र भएका केही नाइके र चौकीदारले बजारमा जाने, बजारबाट सामान किनेर ल्याउने र कैदीबन्दीलाई बिक्री गर्ने गर्छन् । ‘त्यही स्रोतका लागि लामो समयदेखि झडप भइरहेको थियो । यसअघिका झडपहरूलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयले पनि सामान्य रूपमा लियो, फलस्वरूप यत्रो ठूलो घटना भयो’, एक सुरक्षा अधिकारीले भने ।

    कारागारमा हरेक असार मसान्तभित्र चौकीदार, नाइके र सह–नाइके नवीकरण गरिसक्ने कानुनी प्रावधान छ । तर, असारको २८ देखि नै त्यही विषयमा विवाद चुलिएपछि कैलाली कारागारमा चौकीदार, नाइके र सह–नाइकेको नवीकरण हुन सकेको थिएन । ‘असारभित्र चौकीदार, नाइके, सह–नाइके सबैको नवीकरण गर्नुपर्ने प्रावधान छ तर कैलालीमा विवादका कारण त्यो भएको रहेनछ’, नयाँ आएका कारागार व्यवस्थापन विभागका प्रतिनिधि जालान्धर भुषालले भने ।

    पछिल्लो केही समययता कैलालीको भूपेन्द्र बडुवाल हत्याकाण्ड, भजनीको खुकुरी प्रहार गरी गरिएको हत्याकाण्डसहितका केही गुन्डा नाइकेहरू पनि कैलाली कारागार ल्याइएका थिए । पहिलेदेखि नै कारागारको आन्तरिक प्रशासन चलाइरहेकाहरूमाथि नयाँ आएकाहरूले स्रोतमा कब्जा गर्न खोजेपछि पटकपटक झडप भएको स्रोतले बताएको छ ।

    भूपेन्द्र बडुवाल हत्याकाण्डका नाइके भनिएका कैलाली लम्कीका ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाहको समूहबीच लामो समयदेखि विवाद चलिरहेको थियो । सुरक्षा स्रोतका अनुसार यी दुई समूह लम्की टीकापुर क्षेत्रमा गुन्डागर्दीमा संलग्न समूह हुन् । उनीहरू हत्या, हिंसा, ठेक्कापट्टा मिलाउनेदेखि अवैध असुलीमा संलग्न थिए ।

    यो समूहले चाररपाँच वर्ष पहिला चक्रे मिलनलाई बोलाएर चिसापानीमा जन्मदिन मनाएको विषय पनि सार्वजनिक भएको थियो । यी दुई समूहबीच दुस्मनी बढ्दै गएको थियो । भूपेन्द्र बडुवालको हत्यापछि नवीनसहितका धेरै जना पक्राउ परेर कारागार पुर्‍याइएका थिए । कारागारको आन्तरिक स्रोतमा कब्जा जमाउन खोज्ने नवीन रावलसहितका १२ जनाको कारागार प्रशासनले अन्यत्र सुरुवा गरेपछि उनकै समूहले आफूलाई कमजोर पारेको भन्दै कारागारमा उपद्रो मच्चाउँदै आएको स्रोतले जनाएको छ ।

    ४० घण्टापछि कारागार प्रशासनको नियन्त्रणमा
    शुक्रबार मध्य राति भएको घटनापछि कैदीबन्दीहरूले कारागारभित्र प्रशासनिक अधिकारीहरूलाई प्रवेशमा रोक लगाएपछि अवस्था तनावपूर्ण बनिरहेको थियो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र एसपी बालनरसिंह राणासँग कैदीबन्दीहरू रुष्ट थिए । प्रमुख जिल्ला अधिकारी र एसपीको टोलीले पनि घटना भएपछि कारागारभित्र ९घटना भएको स्थान० अनुगमन गर्न पाएका थिएनन् ।

    कैदीबन्दीहरूले सिलिन्डरहरू पड्काई दिने भन्दै प्रदेशद्वारमा ग्यासका सिलिन्डर राखेका र भित्रबाट छुट्टै ताला लगाएपछि प्रशासनले कारागारभित्र प्रवेश गर्न सकेको थिएन । प्रशासनिक अधिकारीहरूले कारागारभित्र पस्न नपाएपछि अझै घाइते र मृतकहरू भित्रै हुन सक्ने भन्दै हल्ला चलेपछि अवस्था तनावपूर्ण बनेको थियो ।

    तर, कारागार व्यवस्थापन विभागले शनिबार बेलुकी नै हाजिर हुने गरी विभागको प्रतिनिधिका रूपमा बाँकेको नौबस्ता कारागार प्रशासक जालान्धर भुषाललाई कैलाली कारागार पठाएपछि आइतबार राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूको रोहोबरमा कैदीबन्दीको गणना पनि गरिएको छ ।

    कैलाली कारागारमा रहेका ७ सय कैदीबन्दीमध्ये एकको मृत्यु भएको, ४९ जना घाइते उपचारमा रहेको र बाँकी ६ सय ५० जना कैदीबन्दी कारागारमै रहेको कारागार प्रशासनले जनाएको छ । ‘घटना भएको दिनदेखि कैदीबन्दी गणना पनि रोकिएको रहेछ । आइतबार अपराह्न हामीले सौहार्दपूर्ण रूपमा कैदीबन्दी गणना गरेका छौं । कारागारभित्रका सबै कैदीबन्दीको अवस्था सामान्य छ,’ नयाँ आएका कारागार व्यवस्थापन विभागका प्रतिनिधि भुषालले भने ।

    झडप भएको ४० घण्टापछि मात्रै कारागार प्रशासन र मानवअधिकारकर्मीको टोली कारागारभित्र ९घटनास्थल० पसेको हो । ‘आइतबारदेखि अवस्था सामान्य भइरहेको छ । कैदीबन्दीहरूले खाना बनाएर खाएका छन् । दैनिक जसो हुने नियमित कामहरू पनि गरेका छन्’, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश दत्त भट्टले भने ।

    छानबिन समितिको प्रतिवेदनको प्रतीक्षा

    कैलाली जिल्ला सुरक्षा समितिले कारागार घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी र प्रशाकीय अधिकृत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिले आइतबारदेखि छानबिन सुरु गरिसकेको छ । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

    छानबिन समिति पनि कारागारभित्र जान सकेको छैन । समितिले कारागारमा अझै अवस्था सामान्य नभएकाले सेती प्रादेशिक अस्पतालमा रहेका घाइतेहरूको बयान लिन सुरु गरेको छ । कोरोनाका बेला बनाइएको सेती प्रादेशिक अस्पतालको नयाँ भवनमा घाइतेहरूको उपचार भइरहेको छ ।

    अवस्था सामान्य बन्दै
    कारागार व्यवस्थापन विभागले आफ्नो प्रतिनिधिका रूपमा भुषाललाई पठाएपछि आइतबारदेखि कारागारको अवस्था सामान्य बन्दै गएको छ । भुषाल आउनेबित्तिकै कारागारभित्र रहेका कैदीबन्दीका आफन्तहरूलाई भेटघाट सुरुवात गराएका थिए ।

    उनले अस्पतालमा उपचार गराइरहेका कैदीबन्दीका आफन्तहरूलाई पनि भेट्ने व्यवस्था मिलाएका थिए । घटनापछि प्रशासनले कारागारमा हुने दैनिक भेटघाटमा रोक लगाएको थियो भने अस्पतालमा पनि आफन्तलाई भेटघाट नै गर्न बन्द गरेको थियो । आफन्तको अवस्था थाहा नभएपछि परिवारका सदस्यहरू समस्यामा परेका थिए ।

    भुषालले कारागारभित्र रहेका नाइके, आन्तरिक प्रशासन चलाउन सक्ने कैदीबन्दीहरूको समूहसँग भेटघाट र छलफल गरेको बताए । ‘उनीहरूसँग मैले पालैपालो भेटँर छलफल गरेँ । उनीहरू सबै सकारात्मक छन् । धेरैमा स्थानान्तरण गरि दिने हुन् कि भन्ने डर देखियो । मैले त्यसो हुन्न, नडराउनु भने । उनीहरूमा प्रहरीले कतै अन्तै लैजाने हो कि भन्ने डर रहेको रहेछ । मैले त्यो पनि केही हुन्न भनेपछि अवस्था सामन्य भएको छ’, भुषालले भने । उनले कारागार र अस्पतालमा रहेका कैदीबन्दीका आफन्तहरूलाई भेटघाट गर्न दिएपछि आधा समस्या आफैं समाधान भएको बताए । ‘परिवारका सदस्यलाई आफ्नो सदस्यको अवस्था जान्न पाउने अधिकार छ । उनीहरूले भेट पाएपछि सबै ढुक्क भएर जान्छन्’, भुषालले भने ।

    जिमखाना बन्यो रणभूमिको माध्यम
    कैदीबन्दीहरूको व्यायमका लागि कारागार प्रशासनले एक वर्षअघि कारागारभित्रै जिमखाना राखेको थियो । कारागार ऐनमै कैदीबन्दीहरूको व्यायाम, उनीहरूको मनोरञ्जनका लागि व्यवस्था गर्नुपर्ने प्रावधान छ । शुक्रबार कारागारभित्रको पूरै जिमखाना उप्काइएको छ । जिमखानाकै रडहरूले एकआपसमा झडप भएको स्रोतले बतायो ।
    स्रोत : अन्नपूर्ण पोष्ट

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना