२०८२ साउन १९, सोमबार ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । जस नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसको रिजल्ट हेर्नको लागि निम्न माध्यमहरु प्रयोग गर्नुहोला । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
कक्षा १२ को नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा ।
1 Min Read


