Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवाल पक्राउ ।

    July 22, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवाल पक्राउ ।
    २०८२ साउन ०६, मंगलबार ।
    सेयर बजारका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई टोखाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो । अग्रवालमाथि ठगी तथा विश्वासघात कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरी परिसर काठमाडौँलाई तीन दिनको म्याद दिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अग्रवालले कुनै कम्पनीको सेयर दिलाइदिने प्रलोभनमा पारेर पीडितसँग रकम ठगेको उजुरी परेको छ । अग्रवालविरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ३० असारमा पक्राउ पुर्जी जारी भएको थियो । यही प्रकरणमा अग्रवालसहित अन्य दुई जना पनि संलग्न पाइएकाले उनीहरूविरुद्ध समेत पक्राउ पुर्जी जारी गरी खोजी कार्य तीव्र पारिएको छ । अग्रवालमाथि लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई समेत ठगी भनी नेपाल धितोपत्र बोर्ड (नेप्से) मा उजुरी परी छानबिन भइरहेको छ । नेपालको सेयर बजारमा ठुला लगानीकर्ताका रूपमा चर्चित अग्रवालले अनधिकृत रूपमा १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) खाता चलाउने गरेको, विभिन्न व्यक्तिका नाममा रहेका टिएमएस कारोबार खाता अनधिकृत रूपमा चलाउने गरेको आरोप लाग्दै आएको छ । अग्रवालमाथि निश्चित कम्पनीको सेयर मूल्य अनपेक्षित रूपमा बढाउने र सामाजिक सञ्जालबाट अफवाह फै लाएर लगानीकर्ता झुक्याउने गरेको आरोप छ । अग्रवाल र धितोपत्र ब्रोकरबिच लेनदेनका विषयमा विगतमा विवाद हुने गरेको थियो । अग्रवालमाथि अनधिकृत खाता सञ्चालन गरी से यर बिक्री गरेको रकम लिने तर भुक्तानी नदिने गरेको गुनासो आउने गरेको छ ।  गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    सेयर बजार २७०० भन्दा तल ।

    नेप्सेको सिइओको लागी आवेदन दिने १० जना मध्ये संक्षिप्त सूचीमा छानिए ५ जना ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना