२०८२ साउन ५, सोमबार ।
रास्वपाले नयाँ आफ्ना उमेदवार छान्नको लागी मापदण्ड तयार गरेको छ । जस अनुसार निर्वाचन ऐनमा भएको नियम बाहेका पाटीले प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २०, र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ । हाल रहेको निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार अयोग्य हुने निश्चित मापदण्डहरू उल्लेख गरिएको छ । ऐनमा उल्लेख भए अनुसार तीनै तहका सरकारको स्वामित्व वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ । त्यसका अतिरिक्त सजाय पाएर दुई वर्ष भुक्तान नगरेको, कुनै कसूरमा जन्मकैदको फैसला तोकिएको व्यक्ति, सङ्गठित अपराध सम्बन्धी कसूरमा कैद बसेर छुटेको ६ वर्ष पूरा नभएको लगायत उम्मेदवार नहुने व्यवस्था छ । कात्तिकमा हुने उपनिर्वाचनलाई मध्यनजर राखेर रास्वपाले नयाँ विधि बनाएको छ । संघीय निर्वाचनको उम्मेदवारका लागि फरक मापदण्ड तय गरेको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि बनाइएको छ ।
प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ । प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् । १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ । रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०.१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ । प्राइमरी इलेक्सन हुन नसक्ने अवस्थामा उम्मेदवार छनोटको टुंगो केन्द्रीय समितिले गर्ने विधानको प्रावधान छ ।


