२०८२ असार ३१, मंगलबार ।
हिजो बसेको मन्त्रिपरिषद्को बसेको बैठकले अध्यक्ष ओझाको योग्यता छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उक्त समितिको म्याद अहिलेलाई एक महिनाको रहेको छ । यो छानबिन समिति बनेपछि उनी स्वतः निलम्बित भएका छन । ओझालाई सरकारले २०८१ फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो।
समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहेका छन् । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित ।
1 Min Read


