२०८२ असार २१ ।
अर्थ मन्त्रालयले हिजो असार २० गते एक पत्र लेख्दै आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने जनाएको छ । यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले भने पेन्सन तथा उपदान पाउनेछन् । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेर ध्यानाकर्षण गराएको छ ।



