२०८२ असार १७ ।
निर्वाचन आयोगले मिति २०८२ असार १६ गते एक प्रेस विज्ञप्ति जारी गरी रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको रिक्त पदमा आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेसँगै मतदाता नामावली दर्ता कार्य स्थगित गरेको हो । सो निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालयबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकी हुन् ।


