२०८२ असार ०८
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालका केही जिल्लालाई लिजमा अर्को देशलाई दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रतिनिधि सभाको आइतबारको बैठकमा विवाद भएको छ। विनियोजन विधेयक, २०८२ को छलफलका क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिनुपर्ने बताएपछि नेकपा (एमाले) का सांसदहरूले विरोध जनाए।
सिंहको उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ र ‘आपत्तिजनक’ भन्दै एमाले सचेतक महेश बर्तौलाले कारबाहीको माग गरे। “यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। यो रेकर्डबाट हटाइयोस् र कारबाही होस्,” उनले भने। विवाद चर्किएपछि सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्ति राष्ट्रहितविपरीत र असंसदीय भएको ठहर गर्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। “माननीय सांसदले अरू मुलुकको नाम लिएर नेपालको भूमि लिजमा दिनुपर्छ भन्ने कुरा बोल्नुभएको छ। यो असंसदीय भाषा हो। यसलाई रेकर्डबाट हटाउन आदेश दिन्छु,” सभामुखले भने।
बजेट नपाएको रिसमा अमरेशले ‘नेपालका ५ जिल्ला बाहेक हरुलाई भाडामा दिउँ’ भनेपछि संसदमा विवाद ।
1 Min Read

