२०८२ जेठ २३, काठमाडौं ।
अख्तियारले पतञ्जलीसँग सम्बन्धित जग्गा प्रकरणमा मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना तथा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपाल प्रतिनिधि सभा सदस्यबाट स्वतः निलम्बनमा परेका छन्। नेपालको इतिहासमा यो पहिलोपटक हो, जब कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ।
भूमिसम्बन्धी ऐनले उद्योग, कृषि लगायतका काम गर्न हदबन्दीभन्दा छुटको जग्गा राख्न पाउने सुविधा दिएको छ । मन्त्रिपरिषद्को अनुमतिमा मात्रै पाइने हदबन्दी छुटको जग्गा त्यही प्रयोजनमा प्रयोग गर्नुपर्छ । विस्तृत विवरण .
माधव नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर ।
1 Min Read

