२०८२ जेठ १६
हिजो भएको राप्रपासहितका राजावादी समूहले प्रदर्शन गर्ने भनिएको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । उक्त कार्यक्रममा नेता कमल थापाले प्रदर्शनले निरन्तरता पाउने बताउदै सबैलाई प्रदर्शनमा सरिक हुन् आग्रह गरेका थिए ।
प्रदर्शन सभाको अन्त्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रदर्शन कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने भन्दै छोटो रुपमा सभालाई सम्बोदन गरेका थिए। प्रदर्शन आजदेखि निरन्तर हुने भन्दै सबै नेपालीलाई उपस्थित हुन अनुरोध समेत गरेका थिए। तस्बिरः राष्ट्रकोखबरबाट



