०९ चैत्र २०८१ काठमाडौँ ।
आज २०८१ चैत्र ०९ गतेका दिन काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै र्याली निकालेका छन्। काठमाडौँको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाबस्वरुप र्याली निकालिएको हो । र्यालीका क्रममा राजावादीहरूले ‘नारायणहिटी खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दाबाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरू पनि लगाएका थिए। प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेका थिए । र्याली अघि बढ्ने क्रममा प्रहरीले पटक(पटक अवरोध गरेको थियो।

