२१ फागुन २०८१ काठमाडौं ।
अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपाली र चालक दलका ४ सदस्यहरूसहित १४ जना सवार चार्टर्ड अमेरिकी जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान १० बजे अवतरण गरेको छ। यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।
अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई अमेरीकाले नेपाल पठाएको हो। हाल सम्म अमेरीकाबाट देश निकाला भई आउने नेपालीको संख्या ३७ पुगेको छ । ट्रम्पको नीति अनुसार १३ सय भन्दा बढी नेपाली प्रभावित हुने छन ।
अमेरिकामा अवैधानिक रुपमा बसिरहेका ३७ नेपालीहरूलाई फिर्ता पठाइदियो ।
1 Min Read

