१९ फागुन २०८१, काठमाडौ।
४ असोज २०७९ मा गोठाटारमा मारिएका लाल मोहम्मदको भएको हत्या गरी फरार भएका गुड्डु पटेललाई आइतबार साँझ ७ बजे टोखाबाट प्रहरीले गोली चलाइ समात्न सफल भएको छ । मोहम्मदको हत्यामा भारतीय सुरक्षा संयन्त्रको संलग्नता हुनसक्ने आशंका सुरक्षा अधिकृतहरूले गरेका थिए । मोहम्मदको घर नजिकै रहेको कोशी पारि गेस्ट हाउसमा बसेर रेकी गरिरहेका सुटरले मोहम्मदलाई गार्मेन्टको प्लास्टिक लिएर घरमा आउने बित्तिकै गोली हानेका थिए । मोहम्मद चढेको बा ६ च ५१५२ नम्बरको कार साँझ साढे ६ बजे तिर मोहम्मद बस्ने घरको आँगनमा पार्क गर्नलाई गाडी घुमाउ उनी ओर्लिन मात्र के खोजेका थिए, एक्कासी ती दुई व्यक्तिले मोहम्मदमाथि गोली बर्साउन थाले ।
गुड्डुलाई टोखामा फेला पारिएको र भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको तर्क छ । तर, प्रहरीले उनको साथबाट अरु यस्ता प्रकरणमा झैँ कुनै किमिसको हतियार वा गोली बरामद गरेको छैन । एसएसपी बस्नेत पनि भन्छन्, ‘उनी एक्लै हिँडिरहेको अवस्थामा फेला पारेको थियौं ।’
लखनऊमा लुक्दै आएका थिए गुड्डु । गुड्डु भारतको बिहार, रक्सौल घर भएका पेशेवर हिटम्यान हुन् । हिटम्यान ती व्यक्ति हुन्, जो निश्चित रकम लिएर कुनै आपराधिक गिरोहका लागि भाडामा हत्या गर्छन् । गोठाटारमा मारिएका लाल मोहम्मदलाई भारतीय सुरक्षा संयन्त्रले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय पक्षले मोहम्मदलाई हस्तान्तरण गरिदिन प्रहरीको विशेष ब्यूरोका अधिकृतहरुलाई अनौपचारिक आग्रह गर्दै आएको थियो ।

