८ फागुन, काठमाडौं ।
२०८१ साल फाल्गुन ३ गते पोखरामा पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । उक्त विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए । आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिदै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज ।
1 Min Read

