Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    नेसपा (नयाँ शक्ति) को महाधिवेशन सम्पन्न ।

    February 12, 20255 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ३० माघ २०८१

    काठमाडौंमा माघ २७ गतेदेखि शुरु भई नेसपा (नयाँ शक्ति)को महाधिवेशन माघ २९ मा सम्पन्न भएको छ। विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी छ। केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए। यस महाधिवेशनले विभिन्न १३ बुदाहरु पारित गरेको छ ।

    १। यो महाधिवेशन नेपालको अग्रगामी राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्दा गर्दै आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जाली अर्पण गर्दछ र उहाँहरूका आदर्शबाट निरन्तर प्रेरणा प्राप्त गरिरहने र उहाँहरूले देखाएको बाटोमा अगाडि बढ्ने सङ्कल्प गर्दछ। साथै घाइते, अपाङ्गहरू प्रति यो महाधिवेशन सम्मान व्यक्त गर्दछ।

    २। सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन र सरकार परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको छ। साथै चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको हुँदा यस्तो अलोकतान्त्रिक प्रवृत्तिको यो महाधिवेशन घोर भर्त्सना गर्दछ।

    ३। बृहत् शान्ति सम्झौतापछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीध्र सम्पन्न गर्न यो महाधिवेशन माग गर्दछ।

    ४। संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीहरूलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि, जनआकांक्षाहरूको परिपूर्ति र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका साथै राष्ट्रमा सुशासन कायम गर्न शक्तिशाली जनलोकपालको गठनको औचित्य पुष्टि भएको हुँदा यथाशीघ्र यी विषयमा संविधान संशोधन प्रक्रिया अघि बढाउन यो महाधिवेशन जोडदार माग गर्दछ।

    ५। अर्थतन्त्रमा संचरनागत सुधारका कुनै संकेत देखिँदैनन्। अर्थतन्त्रमा विद्यमान संचरनागत समस्याहरू हल गर्न र वर्तमान अवस्थामा मुलुकको संकटग्रस्त आर्थिक क्षेत्र खासगरी ब्याप्त आर्थिक मन्दी, औद्योगिक उत्पादन र वातावरणमा ह्रास, बैकिङ्क प्रणालीमा अधिक पर्याप्त तरलता रहँदा रहँदै कर्जाको माग सिर्जना हुन नसक्नु, मिटर व्याज पीडितहरूका समस्या, सहकारी ठगी, पीडितहरूका समस्या र साना उद्यमी व्यवसायीहरूले झेल्नु परेका समस्या ज्युँका त्यूँ रहेको हुदाँ यी समस्याको समाधान गर्न यो महाधिवेशन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ। बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने नीति उपयुक्त मान्न सकिँदैन। सुदखोरी प्रथालाई समूल नष्टगरी गरिबलाई ऋणमुक्त गर्न समेत यो महाधिवेशन जोडदार माग गर्दछ।

    ६। चालु आबको छ महिनाको अवस्था हेर्दा अर्थतन्त्रमान सिथिलता र संकट उन्मुख छ। वार्षिक विन्दुगत आधारमा बढ्दो क्रममा रहेको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५।४१ प्रतिशत पुगेको छ। नेपाल सरकारको खर्च रु।६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु।५५९ अर्ब ६१ करोड रहेको छ। जुन एकदम न्यून हो।

    अर्कोतर्फ गैरउत्पादनशिल ऋणको मात्रा बढ्दै गएको छ भने पुँजीगत खर्च १६।१६ प्रतिशत मात्र हुनसकेको दयनीय अवस्था छ। विदेशीने युवाहरूको लर्को रोकिएको छैन। नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने खतरा बढेको छ। सम्पत्ति शुद्धीकरण मामिला अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण देश ९ग्रे लिस्ट० मा जाने अवस्था देखाएको छ।

    एफएटीएफले सम्पत्ति शुद्धीकरण गैरकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यसाथ निर्धारण गरेका अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएका आधारमा एपीजीले सम्पत्ति शुद्धीकरण कालोसूचीमा लैजान सक्ने सम्भावना बढेको छ। यता सरकार र प्रतिपक्ष आरोप प्रत्यारोप मै लिप्त देखिन्छन्। राज्यको अकर्मन्यताप्रति यो महाधिवेशन जोडदार भर्त्सना गर्दछ।

    ७। राज्यका सबै अङ्गमा भ्रष्टाचार र कमिसनतन्त्र मौलाएकोमा भ्रष्टाचारको छानबिन गरी भ्रष्टाचारीहरूमाथि कारबाही गर्न सम्बन्धित निकाय र सरकारसमक्ष यो महाधिवेशन माग गर्दछ। विगतमा संसदिय समितिबाट कारबाहीका लागि सिफारिस भएका भ्रष्टाचारसम्बन्धी ठूला काण्डहरू तथा भ्रष्टाचारसम्बन्धी गठित छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गरी कारबाही प्रक्रिया अघि बढाउन यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ। साथै देशमा व्याप्त भष्ट्राचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल गठन गर्न यो महाधिवेशन जोडदार माग गर्दछ। साथै भ्रष्टाचार विरोधी अभियानमा हाम्रो पार्टी दृढ भएर उभिने प्रतिबद्धता व्यक्त गर्दछ।

    ८। राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न तथा सन्तुलित वाह्य सम्बन्ध सञ्चालन गर्न यो महाधिवेशन नेपाल सरकार समक्ष माग गर्दछ। खासगरी छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध पारस्परिक हित र समनिकटताका आधारमा विकास गर्दै नेपाललाई दुई छिमेकी राष्ट्रबिचको गतिशील पुलकोरूपमा स्थापित गर्न यो महाधिवेशन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।

    ९। भूकम्प, बाढी–पहिरो आदि जस्ता विगतमा घटेका प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूलाई अहिलेसम्म पनि बसोबासको उचित व्यवस्था हुन नसकेको हुँदा यो महाधिवेशन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।

    १०। नेपालको संविधान, कानून र अन्तराष्ट्रिय महासन्धिले समेत निषेध गरेको जातीय छुवाछुत तथा भेदभाव व्यवहारत अन्त्य हुने गरी कार्यान्वयन गर्न यो महाधिवेशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।

    ११। नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयन मार्फत् नेपाली जनताको शिक्षा, स्वास्थ्य, खाद्य सम्पुभ्रता, रोजगारी तथा आवासको अधिकारको ग्यारेण्टीका लागि यो महाधिवेशन सरकारसँग माग गर्दछ। साथै महङ्गी, भ्रष्टाचार कालाबजारी लगायत बिचौलियाको विगविगी तत्काल रोक्न र जनतालाई सुलभ सेवा पाउने र स्वाभाविक जीवनयापन गर्ने वातावरण सिर्जना गर्न सरकारसँग यो महाधिवेशन माग गर्दछ।

    १२। इजराइल–प्यालेस्टाइन पक्ष बीचको युद्ध–बिरामको यो महाधिवेशन स्वागत गर्दछ। इजराइलद्वारा प्यालेस्टानी जमिनमाथि भइरहेको नरसंहार र मानवता विरुद्धको अपराधको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्न यो महाधिवेशन नेपाल सरकारद्वारा हुनुपर्ने माग गर्दछौं। मध्य–पूर्वको समस्याको दिगो समाधान इजराइल र प्यालेस्टाइन दुई स्वतन्त्र र सार्वभौम राज्यको निमार्णद्वारा मात्र हुनसक्ने हाम्रो पार्टीको सुविचारित धाराणा रहेको तथ्यलाई पनि यो महाधिवेशन जोड दिन चाहन्छ।

    १३। लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टीकृत पुराना शक्तिहरुको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहद ध्रुवीकरणसहित नयां वैकल्पिक समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो यो महाधिवेशन अपिल गर्दछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना