२५ माघ २०८१, काठमाडौं ।
खोटाङ सदरमुकाम दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले यसअघि गत माघ १३ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई आज (शुक्रबार) जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।
फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।

