२४ माघ २०८१, काठमाडौं ।
चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश दयाराम ढकालको एकल इजलाले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । अदालतको आदेशपछि लामिछाने प्रभु बैंकले बैंक ग्यारेन्टी दिएपछि धरौटी बुझाएर रिहा भइसकेका छन् । न्यायाधीश ढकालको इजलाले उनलाई धरौटी माग गर्नुको कारण बारे आदेशमा उल्लेख गरेको छ ।
जसमा रविले चेक काटेको स्वीकार गरेकोदेखि गोर्खा मिडियाको सेयर सदस्यसम्म रहेको विषयहरूलाई आधार मान्दै अहिल्यै निर्दोष भन्न नमिल्ने उल्लेख गरेको छ । बुधबारदेखि सुरू भएको थुनछेक बहसमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।
न्यायाधीश दयाराम ढकालको एकल इजलाले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश ।
1 Min Read

