२०८१ पौष २२ गते सोमबार
कठमाण्डौ
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पार्टी कार्यालय च्यासलमा जारी भएको छ । हिजो आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिबेदनमाथि त्यस्तै महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि पार्टी सदस्यहरुले आ आफ्ना धारणा राखिरहेका छन् ।


