१८ पौष २०८१ ।
गृह मन्त्रालयमा बुधवार बसेको बढुवा समितिको बैठकले प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत डीआईजी रवीन्द्र केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी कुवेर कडायतलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । दुवैजनाले वर्तमान आईजीसँगै चैत ४ मा सेवा अवधिका कारण अवकाश पाउने छन् ।



