२०८१ पौष १५ गते सोमबार।
काठमाण्डौ
नेकपा एमालेबाट साधारणसदस्य समेत नरहनेगरि हालसालै निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाको जानकारी सहित पुस १७ गते पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आगामी पुस १७ गते १ बजे कार्की ब्याङकेट बबरमहलमा पत्रकार सम्मेलन राख्ने तयारीमा गरिरहेका छन्। सम्भवत रावलले एमालेबाट निस्कासन भएपछी आगामी दिनमा के कसरी अगाडि बड्ने जानकारी सो दिन दिनेछन। एमालेबाट निस्कासन भए लगतै उनले नयाँ दल खोल्ने बिषयमा चर्चा चलिरहदा खोल्ने नखोल्ने वा कुनै अन्य दलसंग आवद्ध रहने भन्ने बिषयको सम्पुर्ण जानकारी उक्त्त पत्रकार सम्मेलनमा दिनेछन ।


