१४ पुस, २०८१ ।
थाइल्याण्डको बैंककबाट चालक दलका ६ सदस्यसहित १८१ जना सवार लिएर दक्षिण कोरिया आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुन गएको छ । उक्त विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् भने २ जना बाच्न सफल भएका छन।जसमध्ये एक जना चालक दलका सदस्य र एक महिलाको जीवितै उद्धार गरिएको थियो । योनहाप समाचार एजेन्सी


