०८ पौष २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याल (डिपी) अर्याल लाई बनाउने निर्णय गरेको छ । रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्। रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।
डोल प्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति ।
1 Min Read

