४ पुस २०८१, काठमाडौं ।
आज भएको एनपिएल क्वालिफायर टु अन्र्तरगतको कर्णाली याक्स र जनकपुर बोल्ट्स बिचको खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको हो । अब एनपिएलको फाइनल खेल पौष ६ गते शनिवार सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स बिच हुनेछ ।

