Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    December 19, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ०४ पौष २०८१ ।
    खाने पानीमन्त्री प्रदीप यादवले गत असोज महिनामा बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिपछिको पुनर्निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा बुधबारबाट सुरु भएको विपत् व्यवस्थापनमा सिकाइ तथा आगामी कार्ययोजना विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले बाढीपहिरोपछिको पुनर्निर्माणका लागि सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री यादवले बाढीपहिरोको समयमा सरकारले आफूसँग भएको सबै स्रोतसाधनको प्रयोग गरेर खोज तथा उद्धारको काम गरेको बताउँदै पुनर्निर्माणको काम पनि तीव्र गतिमा अघि बढाउने जानकारी गराउनुभयो । “पुनर्निर्माणका लागि सरकार कहाँ छ रुभन्ने प्रश्न आएका छन् । सबै मन्त्रालयबाट क्षतिको तथ्याङ्क लिने काम सकिएको छ । गृह मन्त्रालयले पुनर्निर्माणका लागि कार्यविधि बनाएर मन्त्रीपरिषद्मा पेस भएकोमा मन्त्रीपरिषद्ले विधायन समितिमा पठाएको छ । विधायन समितिबाट यो साताभित्र निर्णय हुन्छ र मन्त्रीपरिषद्ले निर्णय गरेपछि पुनर्निर्माणको काम तीव्रगतिमा अघि बढ्छ,” मन्त्री यादवले भन्नुभयो । उहाँले बाढीपहिरोको समयमा खोज तथा उद्धार, राहत उपलब्ध गराउने र पुनर्निर्माणको विषयमा सरकार कतै नचुकेको दाबी गर्नुभयो । उहाँले असोज महिनामा आएको बाढीपहिरोबाट दे शभरका करिब एक सय स्थानीय तहमा क्षति भएको बताउँदै पहिलो चरणमा ७१ वटा पालिकालाई तत्कालको राहतका लागि ५० लाख रुपियाँदेखि एक करोड रुपियाँसम्म रकम पठाएको बताउनुभयो । जनतामा भएको निराशा हटाउनका लागि वर्तमान सरकार बनेको दाबी गर्नुहुँदै मन्त्री यादवले सरकारले जनताको निराशा हटाउने कामको सुरुवात गरेको बताउनुभयो । उहाँले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा भएको नीतिगत समस्याको बारेमा धुलिखेल, बनेपा र पनौती नगरपालिकाले लिखित आग्रह गरेमा समस्या समाधान गरी आयोजना सञ्चालनको नेतृत्व लिन मन्त्रालय तयार रहेको स्पष्ट गर्नुभयो । पूर्वमन्त्री तथा नेकपा ९एमाले०का नेता गोकुलप्रसाद बास्कोटाले जिल्लामा रहेका खानेपानीका सीमित स्रोतको संरक्षण र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यव्रmममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय प्रमुख दीपककुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू र रोसी गाउँपालिका अध्यक्ष दिनेश लामाले पुनस्र्थापना र पुनर्निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गोष्ठीमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।  साभार ः गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना